बिएल संवाददाता
मोरङको पथरी निवासी सञ्चारकर्मी दीपेन्द्रराज तिम्सिनाले भुटानी शरणार्थीको इतिहास समेटिएको पुस्तक बजारमा ल्याएका छन्।
पुस्तकमा भुटानी शरणार्थीहरू पहिलो पटक आउँदादेखि तेस्रो मुलुकमा पुनर्वास हुँदासम्मको विषय समेटिएको छ।
पुस्तकमा नेपाली भाषी भुटानी कसरी भुटानबाट लखेटिए?नेपाल आएर माइखोलाको बजारमा उनीहरूको कष्टपूर्ण बसाइ, स्वदेश फिर्तीका लागि उनीहरूले गरेको आन्दोलन समेटिएको छ।
पुस्तकलाई तिम्सिनाले इतिहास, भाषा तथा साहित्य, संगीत र खेलकुद, पुनर्वास, विश्व शरणार्थी र लेख रचना गरी ६ खण्डमा विभाजन गरेका छन्।
यसअघि तिम्सिनाले ‘टेलिफोन डायरी’, ‘मोरङको सामुदायिक वनको एक चिनारी’, ‘मोरङ क्षेत्र नम्बर २ को चिनारी’, ‘पथरी शनिश्चरे नगारपालिकाको चिनारी’, ‘धिमाल जातिको इतिहास’, ‘इतिहासमा पथरी शनिश्चरे’, ‘मोरङका जनप्रतिनिधिको संगालो’लगायतका कृति बजारमा ल्याएका थिए। उनको पछिल्लो कृति इतिहासका विद्यार्थीका लागि उपयोगी हुने बताइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया