उत्तर कोरिया डब्लुएचओमा समावेश भएकाेमा डोनाल्ड ट्रम्पले दिए बधाई

photo : usembassy
photo : usembassy

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कार्यकारी बोर्डमा उत्तर कोरिया समावेश भएपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्र्म्पले सामाजिक सञ्जालमा त्यहाँका राष्ट्रपति किम जोङ्ग उनलाई बधाई दिएका छन्। यद्यपि, उनले आफ्नो बधाई सन्देशमा ‘किम जङ्ग उन’ भनेर गलत लेखेका छन्।

आउँदो राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन्, दौडधुप गरिरहेका पूर्व राष्ट्रपति ट्र्म्पको यो कार्यको उनकै पार्टीका सदस्यहरुले बिरोध गरेको रोयटर्सले जनाएको छ।

रिपब्लिकन पार्टीबाटै राष्ट्रपति पदको लागि उम्मेदवार दाबी गरेकी निक्की हेलीले आफ्नै जनतालाई भोक-भोकै राख्ने उत्तर कोरिया जस्तो देशलाई डब्लुएचओ मा स्थान दिनु तमासा मात्र भएको बताइन।

यसैगरी जर्जियाका गभर्नर ब्रायन क्याम्प र मेरिल्याण्डका गभर्नर लेरी पेजले उत्तर कोरियाका राष्ट्रपति उन अमेरिकाको सत्रु भएको र उनी विश्व शान्तिको लागि खतरा रहेको बताए। पेजले अगाडि बताए,‘ट्र्म्प अब राष्ट्रपति बन्न योग्य छैनन्।’

प्रकाशित मिति: : 2023-06-04 17:13:00

प्रतिकृया दिनुहोस्