भारत पुगेपछि ‘प्रचण्ड’ हिन्दूवादी अवतारमा (भिडियाे)

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकालेश्वर मन्दिरमा पुगेर विशेष पूजाआजा गरेका छन्।

धार्मिक भेषमा देखिएका उनले मन्दिर परिषद्लाई पचास हजार रुपैयाँ (भारतीय) भेटीसमेत चढाएका छन्। दुई दिनको नयाँदिल्ली बसाइँपछि प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशकाे उज्जैनस्थित महाकालेश्वर बाबाको मन्दिर पुगेका हुन्।

पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उनले महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेकाे बताइएकाे छ।

उनलाई त्यहाँ मुख्यमन्त्री शिवराजसिंह चौहानले विमानस्थलममै पुगेर स्वागत गरेका थिए।

प्रकाशित मिति: : 2023-06-02 16:32:00

प्रतिकृया दिनुहोस्