टोपबहादुर-बालकृष्ण संयोग : वाईसीएल र तरुण दलको संस्थापक नेतृत्वदेखि शरणार्थी धन्दासम्म

लोकान्तर

काठमाडाेँ

नेपाली कांग्रेसका नेता नरहरि आचार्य २०५२ साल मंसिर २७ गते संसदीय व्यवस्था मन्त्री बनेका थिए । आचार्यले मन्त्री बनेको ६ महिनापछि २०५३ असार २५ गते मन्त्रिपरिषद् सचिवालयमा सम्पत्ति विवरण पेश गरेका थिए । आचार्य २०५३ फागुन २९ गते मन्त्री पदबाट मुक्त भए । उनले असार २५ गते पेश गरेको सम्पत्ति विवरणलाई अद्यावधिक गरेर सार्वजनिक लेखा समितिसमक्ष पेश गरेका थिए ।

सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरणसहित पारदर्शिता देखाएको भन्दै उनको चौतर्फी प्रशंसा भएको थियो । कांग्रेसमा बौद्धिक, शालीन र स्वच्छ नेताको छवि बनाएका आचार्य अहिलेसम्म आदर्श पात्र मानिन्छन् । उनको त्यो साहसलाई अरु कसैले नजिरका रूपमा लिएर सम्पत्ति विवरण बुझाउने काम गर्न सकेनन् ।

प्रकाशित मिति: : 2023-05-27 07:24:00

प्रतिकृया दिनुहोस्