मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा व्यवस्थापनको काम पूरा (भिडियाे)

शनि शाक्य

ललितपुर

ललितपर महानगरपालिकाले मच्छिन्द्रनाथको भोटो देखाउने स्थलमा आवश्यक व्यवस्थापनको काम पूरा भएको जनाएको छ।

बुधबार महानगरमा बसेकाे मेयर चिरिबाबु महर्जनसहित सुरक्षा निकाय, सिडियाेलगायतकाे बैठकले भोटो जात्राकाे व्यवस्थापनक आवश्यक तयारी पूरा भएकाे जनाएकाे हाे।

सरकारले भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा समेत दिएकाे छ।

बैठकमा सहभागीहरुले भोटे देखाउने स्थलमा भीडभाड हुने भएकाले पकेट माराको बिगबिगी हुने भएका सुरक्षा मजबुत बनाउनु पर्ने बताएका थिए।

भोटे देखाउने स्थल जावलाखेलमा एम्बुलेन्स, सेनेटरी प्याडसहितको घुम्ती शौचालय राखिने मेयर महर्जनले बताए। उनले सुरक्षाको लागि नगर प्रहरीको व्यवस्था हुने समेत बताए। 

यसैगरी नेपाल टेलिकमले धेरै मानिहरु एकै ठाउँमा हुँदा नेटवर्कको समस्या हुने तर्फ सचेत रहँदै ब्याण्ड उइथ बढाउने भएको छ।

यता, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भोटो देखाउने जात्रा राम्रोसँग सम्पन्न गर्नु सबैको जिम्मेवारी भएको बताए। ‘अपनत्व र स्वामित्वको विषय हो, हातेमालो गरेर अघि बढौं’, उनले भने।

भोटो जात्रापछि मिमनाथको रथलाई फर्काउने क्रममा टंगलसम्म रथ तान्न नगरप्रहरीले समेत जिम्मेवारी लिने महानगर प्रमुख महर्जन बताए। उनले भने, ‘केही दिनअघि नगरप्रहरीको कमाण्डमा रथ ताने जस्तै गरी मिमनाथको रथ तान्न पनि काम हुन्छ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर महानगरले गर्नुपर्ने सम्पूर्ण व्यवथापनका काम पूरा गरेको बताए।

प्रकाशित मिति: : 2023-05-24 17:45:00

प्रतिकृया दिनुहोस्