बिएल संवाददाता
लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ।
आज एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो। ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन्। मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराईज बैंक लिमिटेड हुनेछ।
लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत छन् भने बैंक गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ।
दुवै बैंकको साधारणसभाले मर्जरको निर्णण पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ। सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य रहेको जनाइएको छ।
यसअघि गत पुस २५ गते लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराईज बैंकका अध्यक्ष मोतीलाल दुगडले मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक डा मनिष थापा र स्वति रुङ्गटा तथा सनराईज बैंकको तर्फबाट सञ्चालकहरू शारदा शर्मा र दीपक नेपाल रहेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया