सुरेन्द्र राना ‘घुमफिरे’
अफगानीस्तानकाे युद्धकाे क्रममा तालिबानकाे एम्बुसमा परेर दुबै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक हरि बुढा मगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले शुक्रबार दिउँसाे ३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।
गत वर्ष नै आधारशिविर पुगेका उनलाई शारीरिक अवस्थाका कारण आरोहण गर्न नदिइएपछि त्यसविरुद्ध अदालत गएका थिए। तर, उक्त मुद्दा जितेपछिले उनले यस वर्ष सगरमाथाको आरोहण गरे।
उनी अहिले क्याम्प– ३ मा फर्किसकेको आरोहण दलका सदस्यहरुले जनाएका छन्।
सन १९७९ मा रोल्पाको मिरुल गाउँमा जन्मिएका उनी १९ वर्षको उमेरमा ब्रिटिस सेनामा भर्ती भएका थिए। उनलाई युद्धका क्रममा अफगानिस्तान पठाइएको थियो। सन २०१० मा विद्रोही तालिबानले राखेको एम्बुसमा परेर घाइते भए। उपचारका क्रममा घुँडादेखि मुनि दुबै खुट्टा काट्नुपरेको थियो।
अपाङ भएपछि पनि हिम्मत नहारि कठिन संघर्षका बाबजुद सर्वाेच्च शिखर सगरमाथाकाे चुचुराे चुमेका उनले हिमाल आराेहरण गर्न जानुअघि बिएल नेपाली सेवासँग भनेकाे थिए,‘एकपटक एक कदम चाल्नुहोस् र बिस्तारै हिड्नुहोस्, जस्तोसुकै अवस्था आए पनि हार नमान्नुहोस्, असम्भव केही छैन।’
गएको वसन्त ऋतुमा नेपाल भ्रमणमा रहेको बेला उनले सगरमाथाको आधार शिविरसम्म पदयात्रा गरे र सगरमाथा क्षेत्रको आकाशमा स्काइडाइभ मारेका थिए। त्यो भ्रमणमा उनले पाराग्लाइडिङ गरे र पर्वत जिल्लाको कुस्मास्थित विश्वकै दोस्रो अग्लो बञ्जिजम्प गरे र घुँडा माथिको पहिलो एम्प्युटीको रूपमा उच्चतम स्विंगको रेकर्ड पनि राखेका थिए।
हरिले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूर पूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा शिखर (६,४७६ मिटर) आरोहण गरेका छन्। उनले २०१७ मा मेरा चुचुरोमा आरोहण गरे र ६,००० मिटरभन्दा माथि गर्ने पहिलो डवल एम्पयुटीको रिकर्ड पनि राखे। गत जुन महिनामा उनले उत्तर अफ्रिकी मुलुक मोरक्कोस्थित सबैभन्दा अग्लो हिमाल माउन्ट टुबकल (४१६७ मिटर)का सफलता पूर्वक आरोहण गरेका छन्।
भिडियाे :
हरि बुढाकाे जीवन र साहसबारे बुझ्न तलकाे लिंक खाेल्नुहाेस् :
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया