गृह प्रशासन नै प्रहरी छानबिनमा

भुटानी शरणार्थी बनेर अमेरिका जान लाखौँ बुझाएकाहरूले दुई वर्षअघि नै आफूहरू ठगिएको संकेत पाइसकेका थिए । पैसा बुझाएको लामो समय हुँदा पनि कुनै प्रक्रिया अघि बढेको थिएन । प्रमाणीकरणमा छुटेका शरणार्थीको सूचीमा पारेर लैजाने भनिए पनि त्यससम्बन्धी प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएपछि उनीहरू गृह मन्त्रालय धाउन थाले । तर, यति गम्भीर विषयमा पनि गृहका अधिकारीहरूले उनीहरूको गुनासोमा चासो दिएनन् । 

यहीबीचमा रकम उठाउने बिचौलियाहरू सम्पर्कविहीन भए । पीडितहरूले प्रहरीमा उजुरी दिए, तर प्रहरीले पनि चासो दिएन । ०७९ वैशाखमै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा केही पीडितले जाहेरी दिएका थिए । ठगी गर्नेलाई पक्राउ गर्न आग्रह गर्दै दाङका तत्कालीन सांसद बुद्धिराम भण्डारी आफैँ प्रहरी कार्यालय पुगेका थिए । निरन्तरको दबाबपछि प्रहरीले गत वर्ष जेठमा बिचौलिया सानु भण्डारी र टंक गुरुङलाई पक्राउ त गर्‍यो, तर केही घन्टामै गुपचुप छुटे । गृह मन्त्रालयलगायत शक्तिकेन्द्रको दबाब झेल्न नसकेपछि प्रहरी उनीहरूलाई छाड्न बाध्य भयो । 

प्रकाशित मिति: : 2023-05-08 08:56:00

प्रतिकृया दिनुहोस्