बिएल संवाददाता
ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार पूजा गर्दै चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को मुहूर्त गरिएको छ।
राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए।
'हामीले मुहूर्त गरेका हौँ। आगामी सातादेखि काठमाडौँबाट छायाङ्कन सुरु गरेर पोखरा, बर्दिया हुँदै धरानमा सक्ने योजना छ। थ्रीलर विधामा यसको प्रस्तुति रहनेछ', कार्यकारी निर्माता पौडेलले भने। रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने चलचित्रमार्फत नै गुरुङले निर्देशकको यात्रा प्रारम्भ गर्दै छन्।
'मैले यो कथामा काम गरेको धेरै समय भइसक्यो। निर्देशनको अध्ययनपश्चात् यही चलचित्रमार्फत दर्शकसम्म पुग्नुपर्छ भन्ने लागेको छ', निर्देशक गुरुङले भने। शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ। अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा छन्। उनले एरियल योगा इन्स्ट्रक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएका थिए।
'निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ, चलचित्रलाई लिएर उत्साहित छु। केही नयाँ गर्ने प्रयास गर्दैछौँ', अभिनेत्री श्रेष्ठले भने। चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायाङ्कन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया