एसिसि प्रिमियर कप अन्तर्गत युएइविरुद्धको फाइनल खेलमा गुलशन झाले अर्धशतक प्रहार गरेका छन्।
उनले ७५ बलमा ५१ रन पूरा गरेर अर्धशतक प्रहार गरे। उनले तीन छक्का,र चार चौका प्रहार गरे। भीम सार्की ६५ बलमा ३० रन बनाएर खेलीरहेका छन्। अहिले क्रिजमा भीम सार्की र गुलशन झा छन्।
नेपाल अहिले २८.१ ओभरमा १०० रन बनाएर खेलीरहेको छ।