कालो चिया पिऔं, ज्यान बनाऔं!

photo– 30 second
photo– 30 second

प्रायजसो मानिसले आफ्नो दिनको सुरुवात चियाको चुस्कीसँगै गर्ने गर्छन्। अधिकांश मानिसले दुधको चिया पिउँन रुचाउँछन्। तर दुध हालेको चिया भन्दा कालो चिया नै स्वास्थ्यको लागि फाइदाजनक हुन्छ।

कालो चियाले ग्यास्ट्रिक जस्ता समस्या ल्याउँदैन। यसमा ‘पोलिफेनाइल’ नामक एन्टिअक्सिडेन्ट बढी मात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ। त्यसैले कालो चिया पिउनु उत्तम मानिन्छ। आउनुहोस्, चर्चा गरौं कालो चिया पिउँदा हुने फाइदाबारे। कालो चियामा पोलिफिनाइल्स तत्व हुन्छ। यसले क्यान्सरको जोखिम कम गर्दछ।

चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ। यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ। यसमा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन्। जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्दछन्। 

तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ। यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ।

कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ। यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ।

कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ। यस्तै ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरे पनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ। चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ।

प्रकाशित मिति: : 2023-05-02 05:30:00

प्रतिकृया दिनुहोस्