सक्कली मान्छे टङ्कप्रसाद आचार्य

रातोपाटी

काठमाडौं

२०६८ सालको जेठ महिनाको २० गते नेपालको पहिलो राजनीतिक सङ्गठन नेपाल प्रजापरिषद्को हीरक जयन्ती परेको थियो । यसको गठन १९९३ सालमा भएको थियो । त्यसै वर्ष त्यस पार्टीका संस्थापक अध्यक्ष टङ्कप्रसाद आचार्यको जन्मशताब्दी पनि परेको थियो ।

उक्त जन्मशताब्दीको सिलसिलमा छापिएको ‘टङ्कप्रसाद आचार्य र आजको नेपाल’ स्मृतिग्रन्थमा विभिन्न राजनीतिज्ञ तथा सामाजिक क्षेत्रका नाम चलेका व्यक्तिहरूका लेखहरू छन् । ती सबै पठनीय छन् । त्यसमा उहिल्यैदेखि, २००७ साल प्रजातन्त्र प्रादुर्भाव भएदेखिका मित्र भैरव रिसालको लेखको शीर्षक आफूलाई साह्रै घतलाग्दो लागेकाले मैले आफ्नो यस लेखको शीर्षक पनि त्यही दिएको छु, उनीप्रति आभार व्यक्त गर्दै । 

प्रकाशित मिति: : 2023-04-24 06:21:00

प्रतिकृया दिनुहोस्