आफ्नो पक्षको माहोल टिकाइ राख्ने प्रयासमा रवि

अनलाइनखबर

गौरव पोखरेल, सुवास पण्डित

४ मंसिरको आमचुनाव अघि रवि लामिछाने चितवनमा निस्किँदा घन्टीको एकोहोरो किरिङरिङ आवाज घन्किराख्थ्यो। युवा, महिला मात्र होइन, वृद्धवृद्धाहरु पनि स्वतः स्फूर्त सडकमा निस्किएका देखिन्थे।

तर, पाँच महिनापछि दोस्रो पटक हुन लागेको चुनावमा परिस्थिति फेरिएको छ। सोमबार चितवनमा लामिछानेको घरदैलो र सभा पछ्याउँदा पहिलेजस्तो अत्यधिक भीड थिएन । विगतझैँ घर-घरबाट घन्टी बोकेर निस्किनेको जमात पनि देखिएन।

भरतपुर महानगरपालिका–२, आँपटारीमा आयोजित सभामा लामिछाने पुग्नुअघि उनका चालक दिलबहादुर थापा (शम्भु) तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएको खबर बाहिरियो। ‘दशा नै पो लागेको छ कि क्या हो !’, एकपछि अर्को समस्या आइलागेको गरेको संकेत गर्दै आँपटारीकी ७६ वर्षीय दौलती विश्वकर्माले भनिन्, ‘गाह्रो पार्छन् जस्तो छ।’

प्रकाशित मिति: : 2023-04-18 11:13:00

प्रतिकृया दिनुहोस्