अन्नपूर्ण पोष्ट
मुलुक आर्थिक संकटमा छ। तर, सरकारी निकायमा आर्थिक अनुशासनहिनता बढ्दो छ। महालेखापरीक्षकको ६०औं प्रतिवेदनले सरकारी निकायमा जवाफदेहिता, पारदर्शिता र निष्ठाको कमी औंल्याएको छ। आर्थिक अनुशासन पालना नगर्दा प्रणालीमा गम्भीर बिचलन देखिएको छ। आर्थिक वर्ष २०७८/७९ सम्म सरकारी बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ। गतवर्ष मात्रै १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु थपिएको छ।
महालेखापरीक्षकले गत वर्ष पनि आर्थिक वृद्धि र राष्ट्रिय बचतमा अपेक्षित वृद्धि हासिल हुन नसकेको औंल्याएको छ। अनुशासन पालना नगर्नेलाई जवाफदेही बनाउन सरकार चुकेको छ। मितव्ययितता कागज र गफमै सीमित भएको महालेखाको भनाइ छ। यसबीचमा सार्वजनिक सम्पत्तिको दोहन रोकिएन। वित्तीय निर्णय गर्ने बेला राज्यसंयन्त्र प्रभावको घेरामा रह्यो। आन्तरिक नियन्त्रण प्रणाली पालना नहुँदा बेरुजु, बक्यौता, अनियमितता, अनुशासनहिनता र आर्थिक अराजकता अकासियो।
सवा खर्ब राजस्व छुटको लाभ कसले पायो ?
सरकारले व्यवसायीलाई एक वर्षमै १ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी रुपैयाँ राजस्व छुट दियो। भन्सार विभागकोे तथ्यांकअनुसार ९७ अर्ब ३० करोड २ लाख रुपैयाँ र आन्तरिक राजस्वतर्फ २४ अर्ब ५० करोड २ लाख रुपैयाँ राजस्व छुट दिइएको थियो। यस्तै, यन्त्र र यान्त्रिक उपकरणमा लाग्दै आएको भन्सार दर घटाउँदा सरकारले १ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ गुमायो। यस्तै, अर्थ मन्त्रालयले ०७८/७९ को फागुन मसान्तसम्म मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानहरू र निर्माण व्यवसायीहरूसमेत विभिन्न ४ सय ८४ निकायलाई १८ अर्ब १६ करोड १२ लाख रुपैयाँको सामान आयात गर्दा २ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ छुट दिएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया