प्रदेश गौरवका आयोजनामै बजेट शून्य, सवारी साधनमा मनमौजी खर्च

रातोपाटी

सञ्जय रानाभाट

प्रदेशस्तरीय गौरवका आयोजनामा गण्डकी प्रदेश सरकारले बजेट नै नछुट्याएको महालेखाको प्रतिवेदनले औँल्याएको छ । प्रथम पञ्चवर्षीय अन्तर्गत योजना प्रदेश गौरवका १३ र नेपाल सकारसँग स्रोत माग गरी सञ्चालन गर्ने रूपान्तरणकारी ५ आयोजनाहरू पहिचान भए पनि केही आयोजनामा बजेट नै नहालेको पाइएको हो । 

प्रदेश गौरवका आयोजना र रूपान्तरणकारी आयोजनाको स्पष्ट परिभाषा नगरिएको भए पनि यसमध्ये ९ आयोजनामा लागत अनुमान नखुलाइएको पाइएको छ । गण्डकी सरकारले क्रिकेट मैदान निर्माण लगायत विभिन्न ७ आयोजनामा यो वर्ष बजेट विनियोजन नगरेको प्रतिवेदनमा उल्लेख छ । एकीकृत प्रदेश प्रशासनिक केन्द्रको निर्माण लगायत ८ आयोजनाको भौतिक प्रगति शून्य रहेको पनि प्रतिवेदनमा भनिएको छ । 

प्रकाशित मिति: : 2023-04-16 10:17:00

प्रतिकृया दिनुहोस्