प्रधानमन्त्रीलाई गगनको आग्रह- काठमाडौं महानगरसँग संवाद गर्नुस्, जायज माग पूरा गर्नुस् (भिडियाे)

File Photo
File Photo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकासँग संवाद गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको सोमबारकाे बैठकमा बोल्दै सांसद थापाले कुनै बिलम्ब नगरिकन महानगरपालिकासँग छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

‘सम्माननीय प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, कुनै बिलम्ब नगरिकन, कुनै आग्रह नगरिकन काठमाडौं महानगरपालिकासँग छलफल गरियोस्, संवाद गरियाेस्। जायज माग पूरा गरियोस्, काठमाडौंका निर्वाचित जनप्रतिनिधिलाई पनि यस प्रक्रियामा सम्मिलित गराइयोस्’, सांसद थापाले भने।

बागदरबार र सिंहदरबारबीच टकराव देखिएको भन्दै उनले भने, ‘काठमाडौं महानगरपालिकाको फोहोर नउठाउने भनेकाे छ। एउटा निर्वाचित जनप्रतिनिधि, स्थानीय सरकारकाे प्रमुखले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरुद्ध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, प्रयाेग भएकाे भाषा, लवज यो ठिक वा बेठिक यसका बारेमा बहस हुन सक्ला, बहस गाराैँला।’

 

प्रकाशित मिति: : 2023-04-10 14:07:00

प्रतिकृया दिनुहोस्