विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा चरम ठगी, रोजगार बोर्डका सुब्बासहित ७ जना पक्राउ

शनि शाक्य

काठमाडौं

वैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भएका नेपालीहरुको बिमा बापतको रकम उपलब्ध गराइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेशमा मृत्यु भएका नेपालीको बीमा बापतकाे रकम दिलाइदिने भन्दै मृतकका आफन्तलाई ठग्ने वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ रहेका छन्। प्रहरीले पक्राउ परेका अर्का एक जनाकाे नाम भने खुलाएकाे छैन।

प्रहरीले उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिसलगायतका कागजात बरामद भएको छ।

उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गर्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केहीले बताए।

प्रकाशित मिति: : 2023-04-07 14:45:00

प्रतिकृया दिनुहोस्