रविको अनुहारमा बीपी देख्ने स्वर्णिमको ‘दृष्टि दोष’

लोकान्तर

काठमाडौं

नेपाली राजनीतिक इतिहासमा बी.पी. कोइराला बहुगुणबाट स्थापित नाम हो । नेपाली कांग्रेसका संस्थापक कोइरालाको सिद्धान्त, निष्ठा, विचार, आदर्श, संघर्ष र साहित्य सिर्जनाले पुर्‍याएको योगदानको व्याख्या गरिसाध्ये छैन । प्रजातान्त्रिक समाजवादको बहसलाई यहाँसम्म ल्याएर मान्यता स्थापित गर्नुमा कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक धार र नेतृत्वको भूमिका छ ।

उनले अख्तियार गरेको सिद्धान्त, विचारको के कति विचारधारात्मक व्याख्या, विश्लेषण भए ? बी.पी.का अनुयायीहरू प्रजातान्त्रिक समाजवाद र कांग्रेसलाई अलग बनाएर व्याख्या गर्न सक्दैनन् । उनको वैचारिकी पक्षमा सहमत, असहमत हुने अर्कै पाटो हो ।

प्रकाशित मिति: : 2023-04-05 19:36:00

प्रतिकृया दिनुहोस्