ज्योत्सनाको ‘इगो’ मेट्न भरतलाई साझा बनाउँदा चुनावमा कसलाई फाइदा?

क्यापिटल

काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघ मुख्यालय टेकुमा मंगलबार मध्याह्न १२ बज्नै लाग्दा उम्मेदवारी दर्ता गर्न उपस्थित अञ्जन श्रेष्ठको समूहका समर्थकले हल भरिभराउ थियो।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठसहितले उम्मेदवारी दर्ता गरिसकेका थिए भने उनकै समूहबाट एसोसिए उपाध्यक्ष बन्ने घोषणा गरेका प्रबलजंग पाण्डे भने हतास मुद्रामा देखिइरहेका थिए। कहिले निर्वाचन कार्यालय रहेको हलभित्र त कहिले बाहिर गर्दै फोनमा व्यस्त थिए। 

अधिकांशले उम्मेदवारी दर्ता गरिसक्दासमेत पाण्डे भने कसैको प्रतीक्षामा रहेको देखिन्थे। धेरैलाई आफ्नो कागजपत्र छुटेको भन्दै टारिरहेका बेला हलमा एकाएक भरत आचार्यको प्रवेश भयो। भरत तिनै हुन्, जसले सोमबार वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको टिमबाट एसोसिएट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2023-04-04 18:33:00

प्रतिकृया दिनुहोस्