कांग्रेसमा मन्त्री चयनको किचलो : शेखर पक्ष टसमस नभएपछि विकल्प खोज्दै देउवा !

लोकान्तर

काठमाडौं

आफूबाट फुत्किएको सत्ता प्राप्त गर्न निकै पापड बेलेको नेपाली कांग्रेस सरकार विस्तार गर्दा मन्त्री चयनको किचलोमा फस्न पुगेको छ ।राष्ट्रपति निर्वाचनमा माओवादीलाई आफूतिर तानेर सत्ता समीकरण फेर्न सफल भएको कांग्रेस आन्तरिक भागबण्डा मिलाउन नसक्दा समस्यामा परेको हो ।

झण्डै एक महिना १६ वटा मन्त्रालय आफैंसँग राखेपछि गत शुक्रबार बल्ल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार गरेका थिए । तर, अझै कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या गरी ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । कांग्रेसको आन्तरिक किचलोले गर्दा प्रचण्डले चाहेर पनि फेरि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् । 

गत शुक्रबार कांग्रेसभित्रको किचलोका कारण ६ वटा मन्त्रालय आफैंसँग राखेर प्रधानमन्त्रीले १० वटाको जिम्मेवारी बाँडफाँट गरेका थिए । 

प्रकाशित मिति: : 2023-04-04 18:31:00

प्रतिकृया दिनुहोस्