एनआरएनए हाँक्ने जिम्मेवारी डा. बद्री केसीको काँधमा

File Photo
File Photo

गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रवीना थापाको कार्यकाल पूरा भएको छ।

अबको केही दिनमै एनआरएनएको नेतृत्व हाँक्ने जिम्मेवारी डा. बद्री केसीको काँधमा पर्दैछ।

थापाले आउँदो शुक्रबार बालुवाटारस्थित सचिवालयमा एक कार्यक्रमकाबीच डा‍‍‍‍. केसीलाई पद हस्तान्तरण गर्ने तयारी गरेकी छिन्।

१० औं महाधिवेशनका बेला नेतृत्व हत्याउने दाउमा संघभित्र किचोलो मच्चिएको थियो।

प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न असफल भएपछि अन्तत : गत मार्चमा बहुवपदीय प्रणाली अपनाएर विवादलाई मत्थर पारिएको थियो।

नेतृत्वका तीन आकांक्षी आचार्य, थापा र डा. बद्री केसीबीच ६–६ महिना आलोपालो गर्ने उपायमा सहमति भएको थियो।

सोही सहमतिअनुसार एनआरएनएको इतिहासमै बनेको जम्बो कार्यसमितिलाई पहिलोपटक आचार्यले नेतृत्व गरेका थिए।

आचार्यको ६ महिने कार्यकाल पूराभएसँगै गत १ अक्टोबरदेखि थापाले एनआरएनएको नेतृत्व सम्हालेकी थिइन्।

६ महिना मात्र भएपनि एनआरएनएको इतिहासमै अध्यक्ष बन्ने थापा पहिलो महिला बनेकी हुन्।

कार्यकाल पूरा  भएपनि आचार्य र थापा सन् २०२३ अक्टोबरसम्म अध्यक्षकै हैसियतमा रहनेछन्। कार्यकारी अधिकार मात्र डा. केसीको हातमा हुनेछ।

डा. केसीकै नेतृत्वमा आउँदो अक्टोबरमा संघको महाधिवेशन तथा निर्वाचन हुनेछ।

प्रकाशित मिति: : 2023-04-04 07:06:00

प्रतिकृया दिनुहोस्