ऊर्जा मन्त्री बस्नेतले गरे पदभार ग्रहण (लाइभ)

नेकपा (माओवादी केन्द्र)बाट ऊर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री बनेका शक्ति बस्नेतले पदभार ग्रहण गरेका छन्। मन्त्री बस्नेतले शुक्रबार राष्ट्रपतिबाट पद तथा गाेपनियताकाे सपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

बस्नेत जाजरकाेटबाट निर्वाचित सांसद हुन्। बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन तथा वातावरणमन्त्री बनेका थिए।

बस्नेतले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने अहिले पीएचडी गर्दै छन्।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-31 16:04:00

प्रतिकृया दिनुहोस्