बिएल विशेष संवाददाता
नेपाल–अमेरिका ल्यान्ड फोर्स टक भनिने नेपाली र अमेरिकी सेनाबीचको संवादको चौथो संस्करण काठमाडौंमा सम्पन्न भएको छ । सोमबार सुरू भएको तीनदिने संवाद बुधबार सम्पन्न भएको हो । संवादको पाँचौ संस्करण सन् २०२४ को मार्चमा अमेरिकामा गर्ने घोषणा गरिएको छ ।
संवाद मानवीय सहायता, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारलगायतका चार एजेण्डामा छलफल गर्दै पूर्ववत् सहयोगलाई निरन्तरता दिने निस्कर्षमा पुगेको बताइएको छ ।
अमेरिकी सुरक्षा राडरमा परेको नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई केही समययता शंकाको दृष्टिले हेर्न थालिएको छ । नेपाल–अमेरिका ल्यान्ड फोर्स टकको चौथो संस्करणलाई पनि एक पक्षले त्यही कोणबाट हेरेको थियो । यद्यपि, संवादमा सहभागी दुबै पक्षले यो संवाद विशुद्ध मानवीय सहायता, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारलगायतका विषयमा केन्द्रित रहेको प्रष्ट्याएका थिए ।
संवादमा २२ सदस्यीय अमेरिकी टोली र १४ सदस्यीय नेपाली टोली सहभागी थिए । अमेरिकी टोलीको नेतृत्व अमेरिकी सेनाको प्यासिफिक कमान्डका डिपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाली सेनाका उपरथी अशोकराज सिग्देलले गरेका थिए । नेपाली टोलीमा भने रक्षा, अर्थ र परराष्ट्रमन्त्रालयका उच्चअधिकारीको प्रतिनिधिमुलक सहभागिता थियो ।
संवादको समापनपछि अमेरिकी टोली नेता मेजर जनरल स्मिथले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका थिए । भेटमा तालिम सफलतापूर्वक सम्पन्न भएको र यसले दुई देशबीचको सुमधुर सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने विषयमा कुराकानी भएको बताइएको छ ।
यसैगरी मेजर जनरल स्मिथले नेपालका रक्षासचिव किरणराज शर्मासँग पनि शिष्टाचार भेट गरेका थिए । उनीहरूबीचको कुराकानीको विवरण भने दुबै पक्षले बाहिर ल्याउन चाहेनन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया