टुङ्गियाे मन्त्रालयकाे भागबण्डा, काँग्रेसले ८ पायाे, समाजवादीले २ मै चित्त बुझायाे

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा टुङ्याएका छन्।

बुधबार साँझ बालुवाटारमा बसेको दाेस्राे चरणकाे बैठकले कुन दललाई कति मन्त्रालय भन्ने विषयमा सहमति भएकाे हाे।

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित ५, नेपाली काँग्रेसले ८, एकीकृत समाजवादीले २, जसपाले २, लोसपाले १, नागरिक उन्मुक्तिले १, आमजनता पार्टीले १, जनमतले राज्यमन्त्रीसहित १ मन्त्रालय र नेसपाले १ मन्त्रालय पाउने भएकाे छ।

मन्त्रालयकाे संख्यामा सहमति भए पनि कुन मन्त्रालयमा कुन भन्ने विषय अहिलेसम्म टुङ्गिएकाे छैन।

साँझसम्म सबै कुरा टुङ्गिने र भाेलि मन्त्रीहरुकाे सपथ हुने जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2023-03-29 18:29:00

प्रतिकृया दिनुहोस्