एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री बन्ने

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन्। बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो।

तीन मन्त्रालय पाउनुपर्ने माग राखेकाे एकीकृत समाजवादीले पहिलाे चरणमा दुई मन्त्रीकाे नाम टुंग्याएकाे हाे। यद्यपि, अहिले कुन–कुन मन्त्रालयकाे जिम्मेवारी दिने भन्नेबारे भने टुङ्गाे लागेकाे छैन।

एकीकृत समाजवादीले अर्काे चरणमा थप एक मन्त्रीकाे नाम पठाउने बताए पनि सत्त गठबन्धनमा सहमति जुटेकाे छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादीलाई तीन मन्त्रालय दिन नसकिने अडान राखेका छन्।

मन्त्रालयकाे भागवण्डा टुंग्याउन अहिले सत्ता गठबन्धनकाे बैठक बसिरहेकाे छ। साे बैठकले यसबारे निर्णय गर्ने छ। 

प्रकाशित मिति: : 2023-03-29 18:15:00

प्रतिकृया दिनुहोस्