महाेत्तरीबाट हिँडेर काडमाडाैँ आएका मिटरव्याज पीडितहरुलाई महानगरले किन बर्सायाे लाठी ?

न्यायकाे खाेजीमा महाेत्तरीकाे बर्दिवासबाट हिँडेर काठमाडाैँ आएका मिटरव्याज पीडितहरुलाई काठमाडाैँ महानगरपालिकाले खुल्लामञ्च प्रवेश गर्नबाट राेक लगाएकाे छ।

१२ दिनदेखि हिँडेर साेमबार दिउँसाे काठमाडाैँ आएका उनीहरुलाई राेक लगाएकाे हाे। ठुलाे संख्यामा आएका उनीहरुलाई महानगर प्रहरी बलले राेक लगाउँदा सामान्य झडप र ठेलमठेल भएकाे छ।

आखिर जनताकाे लागि खुल्ला राखिएकाे खुल्ला मञ्चमा काठमाडाैँ महानगरले किन प्रवेशमा राेक लगायाे ? भन्ने प्रश्नमा महानगर प्रहरी बलका प्रमुख एसएसपी राजु पाण्डे याे मानिस बस्ने ठाउँ नभएकाे बताएका छन्।

‘उहाँहरुलाई बस्नकाे लागि ठाउँ मागिरहनु भएकाे थियाे त्यही भएर हामीले गाैशालाकाे धर्मशालामा जान भनेका हाैँ, खुल्ला मञ्च कार्यक्रम गर्नकाे लागि बनाइएकाे हाे, बस्नकाे लागि हाेइन,’ एसएसपी पाण्डेले भने।

महानगरले यसअघि नै मिटरव्याज पीडितहरुलाई गाैशालास्थित धर्मशालामा गएर बस्न सुझाव दिए पनि उनीहरु जबर्जस्त यहाँ छिर्न खाेजेका हुन्।

त्यस्तै मेयर बालेन्द्र साहले पनि पीडितहरुकाे न्यायकाे लागि साथ दिन धर्मशालामा खाने बस्ने व्यवस्थापन गरिदिएकाे भए पनि उहाँहरुले अटेरी गरेकाे बताए।

‘महानगरको मेयरको हैसियतले आफ्नो कार्य क्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँमा बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौ तर उहाँहरु खुल्लामञ्चमै बस्न खोज्नुभयो,’ मेयर बालेनले भने।

मिटरव्यजका कारण समस्यमा परेका उनीहरु न्यायकाे खाेजीकाे लागि १२ दिन हिँडेर यहाँ आएका हुन्।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-27 17:34:00

प्रतिकृया दिनुहोस्