दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी, दुर्गेशले कुटेपछि सिक्री हराएकाे पीडितकाे आराेप

फाइल तस्विर
फाइल तस्विर

कलाकार दुर्गेश थापाविरुद्ध महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी परेकाे छ।

शनिबार टाेखामा आफूलाई कुटपिट गरेकाे भन्दै थापाविरुद्ध रिदम क्षेत्रीले उजुरी गर्दा गराएकाे वृत्तले जनाएकाे छ। दुर्गेश थापासहित तीन जनाले आफूलाई निर्घात कुटपिट गरेकाे क्षेत्रीले बताएकाे प्ररहीले जनायाे।

कुटपिटका क्रममा आफ्नाे सिक्रीसमेत हराएकाे क्षेत्रीकाे भनाइ छ।

उजुरी परेपछि प्रहरीले दुर्गेशलाई उपस्थित हुन आदेश दिएकाे छ।

प्रकाशित मिति: : 2023-03-27 12:49:00

प्रतिकृया दिनुहोस्