नविन्द्रराज जोशीको प्रतिमा राष्ट्रपतिद्वारा अनावरण

शनि शाक्य

काठमाडाैँ

नेपाली कांग्रेसका दिवंगत–नेता नविन्द्रराज जोशीको प्रतिमा अनावरण गरिएको छ।

साेमबार एकाबिहानै प्रतिमाको राष्ट्रपति रामचन्द्र पौडेलले अनावरण गरे।

मष्तिष्कघात भएका जोशीको ०७७ फागुन १४ गते उपचारकाे क्रममा निधन भएको थियाे।

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री, काठमाडौंका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीले नेपाली लोकतान्त्रिक आन्दोलनमा चार दशक लामो–समय अनवरत संघर्ष गरेका थिए।

प्रतिमा अनावरण समाराेहमा राष्ट्रपति पौडेलसहित कांग्रेस नेता प्रकाशमान सिंह, महाधिवेशन प्रतिनिधि तथा दिवंगत नेता जोशीकी पत्नी सपना जोशीलगायतले मन्तव्य राखेका थिए।

प्रकाशित मिति: : 2023-03-27 08:58:00

प्रतिकृया दिनुहोस्