प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

फाइल तस्बिर
फाइल तस्बिर

प्रतिनिधिसभाले सविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा राखेकाे उक्त शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा उनको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो।

नेपाली कांग्रेसबाट विस २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यका रुपमा निर्वाचित भई संविधान निर्माणमा उनले अतुलनीय योगदान पुर्‍याएका थिए।

लोकतान्त्रिक आन्दोलनहरूमा सदैव सक्रिय भूमिका निर्वाह गर्नुभएका एवं शालीन र सरल व्यक्तिका रुपमा परिचित विमलीको ७४ वर्षको उमेरमा यही चैत ७ गते मङ्गलबार निधन भएको थियो। प्रतिनिधिसभाको अर्काे बैठक यही चैत १५ गते दिउँसो १ बजे बस्नेछ।

प्रकाशित मिति: : 2023-03-26 20:49:00

प्रतिकृया दिनुहोस्