प्रचण्ड पुत्री गंगाले किन फैलाइन् भ्रम ?

File photo
File photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गंगा दाहालले भ्रम फैलाउने गरी स्टाटस् लेखेपछि आलोचना भएको छ।

गंगाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएको भन्दै लेखेपछि उनको आलोचना भएको हो। यद्यपी क्रिकेट मैदानमा लाइट जडान गर्ने प्रकृया मात्र सुरु भएको हो। रात्रिकालीन लाइट जडान गर्नका लागि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका थिए। प्रचण्डले दिएको निर्देशनलाई लाइट नै जडान भएको भनेर सामाजिक सञ्जाल फेसबुकमा गंगाले स्टाटस लेखेपछि उनको आलोचना भएको छ।

उनको स्टाटसमा कमेन्ट गर्दै बाबुराम दाहालले प्रचण्ड सचिवालय नै वाहा नहुन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘काम सम्पन्न भएपछि मात्र फोटोसहित राखौँन नत्र काम गर्दै गरेको फोटो राख्नु ट्रोल हुने फोटो सुहाउँदैन पिएम सचिवालयले। पिएम सचिवालय हावा हुँदा हामी समर्थकलाई गारो।’ आलोचना भएपछि गंगाले पछि स्टाटस सच्याएकी छिन्।

उनले स्टाटस सच्याउँदै प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न गर्नका लागी राष्ट्रिय खेलकुद परिषदले प्रक्रिया अघि बढाएको बताएकी छिन्।

प्रकाशित मिति: : 2023-03-26 18:34:00

प्रतिकृया दिनुहोस्