बिएल संवाददाता
सातौँ संस्करणको विराट गोल्डकपमा साविक विजेता सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार विराटनगरस्थित शहीद रंगशालामा भएको खेलमा विदेशी टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई २-१ गोलले हराउँदै एपीएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो।
खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका युवराज खड्काले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। सविन थापाले निकालेको पासमा खड्काले हेडमार्फत गोल गरेका थिए।
एपीएफले सुरुवाती अग्रता लिए पनि खेलको ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। दोस्रो हाफको अतिरिक्त समयमा भुटानका खेलाडी कान्टे मुसाको पेनाल्टी एरियामा हेन्ड गरेपछि एपीएफले पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै एपीएफका अरमान्द्र वेडमलले गोल गर्दै टिमलाई जित दिलाए।
प्रतियोगिताका भुटानका कान्टे मुसाले पहिलो रेड कार्ड पाएका छन्। एपीएफका युवराज खड्का डिबक्स बाहिरबाट प्रहार गरेको बल मुसाले हातले रोकेपछि उनलाई रेप्रिले रातो कार्ड दिएका थिए।
खेलको म्यान अफ द म्याच एपीएफका अरमान्द्र बेडम घोषित भए। एपीएफले अब फाइनल प्रवेशका लागि भारतको लुका सकर र संकटा क्बल बीचको बिजेता टिमसँग खेल्नेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया