बिएल संवाददाता
सातौँ संस्करणको विराट गोल्डकपमा साविक विजेता सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार विराटनगरस्थित शहीद रंगशालामा भएको खेलमा विदेशी टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई २-१ गोलले हराउँदै एपीएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो।
खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका युवराज खड्काले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। सविन थापाले निकालेको पासमा खड्काले हेडमार्फत गोल गरेका थिए।
एपीएफले सुरुवाती अग्रता लिए पनि खेलको ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। दोस्रो हाफको अतिरिक्त समयमा भुटानका खेलाडी कान्टे मुसाको पेनाल्टी एरियामा हेन्ड गरेपछि एपीएफले पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै एपीएफका अरमान्द्र वेडमलले गोल गर्दै टिमलाई जित दिलाए।
प्रतियोगिताका भुटानका कान्टे मुसाले पहिलो रेड कार्ड पाएका छन्। एपीएफका युवराज खड्का डिबक्स बाहिरबाट प्रहार गरेको बल मुसाले हातले रोकेपछि उनलाई रेप्रिले रातो कार्ड दिएका थिए।
खेलको म्यान अफ द म्याच एपीएफका अरमान्द्र बेडम घोषित भए। एपीएफले अब फाइनल प्रवेशका लागि भारतको लुका सकर र संकटा क्बल बीचको बिजेता टिमसँग खेल्नेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया