बिएल संवाददाता
स्पेन सरकारले सूचना सङ्कलनका लागि परिचालन गरेका सादा पोशाकका प्रहरीको रणनीतिको व्यापक आलोचना भएको छ। बार्सिलोना प्रहरीले यौनलाई हतियार बनाएकामा त्यसको घोर विरोध भएको छ।
हालैका दिनमा सादा पोशाकका प्रहरीले विपक्षी राजनीतिक दल र समूहहरूमा घुसपैठ गर्ने, उनीहरूको विश्वास जित्न र सूचना सङ्कलन गर्न कार्यकर्तासँग यौन सम्बन्ध राखेको आरोपमा सरकारको व्यापक आलोचना भएको हो।
क्याटलान मिडिया ला डिरेक्टाले गत जनवरीमा ड्यानियल हर्नान्डेज नामका एक प्रहरी अधिकारीले सन् २०२० देखि बार्सिलोना स्क्वाट र फार लेफ्ट आन्दोलन समूहका विभिन्न सदस्यसँग यौन सम्बन्ध कायम गरेर सूचना फुत्काएको समाचार सार्वजनिक गरेको थियो। एउटा मुद्दाका निम्ति सूचना सङ्कलन गर्ने क्रममा निजले करिब एक वर्षसम्म त्यस्तो सम्बन्धलाई निरन्तरता दिएको खबर उक्त पत्रिकाले छापेको थियो।
हालै ती प्रहरी अधिकारीविरुद्ध छ जना महिलाले उजुरी गरेका छन्। झुटको सहारा लिएर ती प्रहरीले उनीहरूलाई यौन सम्बन्धका निम्ति सहमति दिन बाध्य पारेको बताएका छन्। महिला कानुन व्यावसायी मिरिया सालाजारले प्रहरीका त्यस्ता घृणित अभ्यासको कानुनी आधार र औचित्य नभएको बताएकी छन्।
सूचना सङ्कलनका निम्ति पुरुष प्रहरी अधिकृतमात्र होइन महिला प्रहरी पनि संलग्न भएपछि गलत अभ्यासलाई सरकारले प्रश्रय दिएको उजागर भएको छ। गत साता जलवायु परिवर्तनका कुप्रभाव कम गर्नेतर्फ सम्बद्ध पक्ष लाग्नुपर्ने आवाज उठाउँदै आएको एक्स्टिङ्सन रिबेलियन समूहका एक सदस्यसँग एक जना महिला प्रहरीलेघ घुसपैठ गरी सम्बन्ध कायम गरेको समाचार बाहिर आएपछि स्पेन सरकारको आलोचना तीव्र भएको छ। यो घटनाबाट स्पेनका सर्वसाधारण आक्रोशित भएका छन्।
यसअघि स्पेन सरकारले इजरायली ‘स्पाइवेयर’ पेगासस प्रयोग गरेर १८ जना क्याटालान पृथकतावादी नेताको मोबाइल फोनमार्फत जासुसी गरेको स्वीकार गरेको थियो। क्याटलान नेताहरूले प्रधानमन्त्री पेड्रो सान्चेजलाई अनैतिक भन्दै राजनीतिक स्वतन्त्रता र वैचारिक स्वतन्त्रताजत्तिकै यौनस्वतन्त्रतको रक्षा हुनुपर्ने माग गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया