एमाले बागमती सरकारबाट बाहिरियाे

नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेकाे छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासकाे मत लिनुअघि नै सरकारबाट बिदा भएर विपक्षमा मत दिने निर्णय गरेकाे एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।

बागमती प्रदेश सरकारमा एमालेका चार जना मन्त्री रहेका छन्।

एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएकाे छ। गत पुस २५ गते नेकपा (माओवादी केन्द्र)का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए।

प्रकाशित मिति: : 2023-03-24 13:53:00

प्रतिकृया दिनुहोस्