दश वर्षमा विद्युत प्रयोगको दर उल्लेख्य वृद्धि, घटे मट्टितेल प्रयोग गर्नेहरु

नेपालमा बितेको १० वर्षमा विद्युत प्रयोगको दर उल्लेख्य बृद्धि भएको छ। नागरिकहरुले बत्ती बाल्नका लागि प्रयोग गर्ने स्रोतहरुमा विद्युतको प्रयोग दर १० वर्षमा २४ प्रतिशतले बृद्धि भएको हो।

०६८ सालको जनगणनाअनुसार नेपालमा बत्ती बाल्नका लागि विद्युत प्रयोग गर्नेको परिवारको दर ६७.३ प्रतिशत रहेकोमा ०७८को जनगणनाअनुसार २४.९ प्रतिशतले बृद्धि भएर विद्युत प्रयोग गर्नेको दर ९२.२ प्रतिशत पुगेको छ।

०६८ सालमा बत्तीका लागि मट्टिलेत प्रयोग गर्ने दर १८.३ प्रतिशत थियो। यो घटेर हाल ०.६ प्रतिशतमा आएको छ। यस्तै ०८६ सालमा सोलार र अन्य इन्धन प्रयोग गर्ने परिवारको दर क्रमशः ७.४ र ६.१ प्रतिशत रहेको थियो।

०७८ को तथ्यांकअनुसार सोलार र अन्य इन्धन प्रयोग गर्ने परिवार संख्या क्रमशः ६.६ र ०.६ प्रतिशत रहेको छ।

प्रकाशित मिति: : 2023-03-24 12:46:00

प्रतिकृया दिनुहोस्