राष्ट्रिय जनगणनाकाे नतिजा सार्वजनिक, पुगेन तीन कराेड (पूर्णपाठसहित)

राष्ट्रिय जनगणना २०७८ को नतिजा आज (शुक्रबार) सार्वजनिक गरिएको छ।

सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्। राष्ट्रिय तथ्यांक विभागकाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।

जसमध्ये नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। त्यस्तै अन्य लिङ्गीको संख्या २ हजार ९२८ छ। जुन, कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो। त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो।

पूर्णपाठ:

प्रकाशित मिति: : 2023-03-24 12:23:00

प्रतिकृया दिनुहोस्