उपेन्द्र यादवलाई काउन्टर दिन बारा– २ मा सिके राउत, भने– फिरङ्गी उम्मेदवारको गुञ्जायस छैन

बारा क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनकाे तयारी स्वरुप जनमत पार्टीले ‘मिशन बारा– २’ गरेकाे छ।

पार्टी अध्यक्ष सिके राउतले बिहीबार बारास्थित महागढीमाइ मन्दिर पुगिर पूजाआजा गरी चुनावी अभियानकाे सुरुवात गरेका हुन्। सँगै राउतले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवप्रति संकेत गर्दै साे निर्वाचन क्षेत्रमा फिरङ्गी उम्मेदवारकाे गुञ्जायस नभएकाे प्रतिक्रिया दिए।

‘महागढीमाइको आशिर्वाद लिँदै मिशन बारा- २ को शुभारम्भ,’ राउतले भने,‘माताको यो दरवारमा, स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरङ्गी उम्मेदवार चण्डमुण्डको कुनै गुञ्जायश छैन।’ उनले हरेक हालतमा जनमत पार्टी विजयी हुने दाबी गरेका छन्।

बारा क्षेत्र नं. २ बाट निर्वाचित जसपाका सांसद रामसाय यादव राष्ट्रपति बनेपछि उक्त क्षेत्रमा वैशाख १० गते उप-निर्वाचन हुँदैछ।

यसअघि सप्तरी क्षेत्र नम्बर २ मा सिके राउतसँग पराजित भएका उपेन्द्र यादवले साे क्षेत्रमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेकाे बेला राउतले यस्ताे टिप्पणी गरेका हुन्।

प्रकाशित मिति: : 2023-03-23 13:59:00

प्रतिकृया दिनुहोस्