नेकपा एकीकृत समाजवादीले सरकारमा जाने विषयमा गृहकार्य गर्न ३ सदस्यीय कार्यदल बनाएको छ।
मंगलबार बसेकाे केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको हो।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कार्यदलले सरकार र प्रदेश सरकार, केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँटलगायतका विषयमा छलफल गर्नेछ।
कार्यदलले आफ्नो पार्टीबाट को को सरकारमा सहभागी हुने भन्ने विषयमा छलफल गर्ने उनले बताए।