सोमबार, १५ डिसेम्बर २०२५

बर्दियामा दाउरा लिन गएका दुई महिलाकाे बाघकाे आक्रमणबाट मृत्यु

News Image
• • •

बर्दियामा वनमा दाउरा लिन गएका दुई जनालाई बाघले आक्रमण गर्दा  मृत्यु भएकाे छ।

साेमबार मधुवन नगरपालिका–५ मा जंगल गएका दुई जनाको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा मधुवन नगरपालिका–५ की ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङ रहेका छन्। सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमण गरेको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!