प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजकाे प्रतिनिधिसभाकाे बैठकबाट विश्वासकाे मत लिँदैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा प्रतिनिधिसभाका अधिकांश सदस्यहरु उपस्थित छन्। दिउँसाे १ बजेदेखि सुरु बैठकमा सांसदहरु उत्साहका साथ उपस्थित भएका छन्।