एमालेलाई माओवादीको जवाफः तपाईंहरुले जतापायो उतै हिर्काउन थालेपछि गठबन्धन फरक ठाउँमा पुग्याे

नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले एमाले गतल क्रियाकलापका कारण नयाँ गठबन्धन बनेको बताएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमालेको ‘दायाँ पनि हिर्काउने, बायाँ पनि हिर्काउने’ स्वभावका कारण नयाँ गठबन्ध बनेको बताएका हुन्।

‘तपाईंलाई अन्य पार्टी चाहिँदैन, एक्लै हिँडेर हुन्छ ? दायाँ पनि हिर्काएको छ, बायाँ पनि हिर्काएको छ, अर्कालाई पनि हिर्काएको छ, उता पनि गरेको छ यसरी देश चल्छ ?,’ नेता पौडेलले भने, ‘हो, त्यही कुरा गरेका कारण गठबन्धन फरक ठाउँमा पुगको हो।’

उनले बाहलवाला जुन शक्ति छन् तिनैसँग सहमति गरेर देश चलाउनुपर्ने जनादेश रहेकोले आफूहरु नयाँ गठबन्धनमा पुगेको उल्लेख गरे।

त्यस्तै उनले एमालेलाई भगौडाको संज्ञासमेत दिएका छन्।

‘प्रधानमन्त्रीज्यूले तपाईंहरुलाई क्याविनेटबाट हट्नुहोस् भनेर कतिखेर भन्नुभयो ?,’ नेता पौडेलले भने,‘तपाईंहरु नै राष्ट्रिय सहमति छाडेर भाग्ने अनि त्यसपछि ठुला कुरा गर्ने ?’

प्रकाशित मिति: : 2023-03-20 15:12:00

प्रतिकृया दिनुहोस्