प्रधानमन्त्री थ्री नेसन कप खेल्न लाओस र भुटानको टोली नेपालमा  

ANFA
ANFA

आगामी बुधबारदेखि नेपालमा आयोजना हुने प्रधानमन्त्री थ्री नेसन कप खेल्न लाओस फुटबल टोली र भुटान फुटबल टोली नेपाल आइपुगेका छन्। 

बुधबारदेखि आयोजना हुने थ्री नेसन कप प्रतियोगिता खेल्न भुटानी टोली सोमबार बिहान नेपाल आइपुगेका थिए भने, लाओस टोली सोमबार मध्यानमा नेपाल आइपुगेको हो।

दशरथ रगंशालमा आयोजना हुने उक्त प्रतियोगिता सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन्। 

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ भने, चैत ११ गते भुटान र लाओस भिड्ने छन्। त्यस्तै चैत १४ गते नेपाल र भुटान बिच खेल हुनेछ।

प्रकाशित मिति: : 2023-03-20 15:01:00

प्रतिकृया दिनुहोस्