महेश नेपाली
जुम्ला बहुमुखी क्याम्पस साविककाे कर्णाली अञ्चलमा त्रिभुवन विश्वविद्यालयकाे एक मात्र आंगिक क्याम्पस हाे। विगत १४ वर्षदेखि निर्वाचन हुन नसकेको क्याम्पसमा यतिबेला निर्वाचन हुँदैछ।
तीन ठुला राजनीतिक पार्टीले यसलाई आफ्नाे प्रतिष्ठासँग जाेडेका हुनाले आफ्नाे सम्पूर्ण संयन्त्र नै परिचालन गरेर लागेका छन्। यसले आम निर्वाचनकाे झल्काे दिइरहेको छ।
देशका तीन ठुला पार्टीहरु कांग्रेस, एमाले र माओवादीका जनवर्गीय संगठनहरु नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीसहित राप्रपाकाे राप्रविसंघ, विप्लवकाे अखिल क्रान्तिकारी विप्लव, नेमकिपाकाे नेक्राविसंघ चुनावी मैदानमा छन्।
जुम्ला बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर तह तथा व्यवस्थापन संकायकाे स्नातक तहमा अध्यापन भइरहेको छ।
कुल सात सय ८२ मतदाता रहेकाेमा पाँच सय २८ जनाले मात्रै परिचय पत्र लिएकाे हुनाले कुल पाँच सय २७ मात मात्रै खस्न सक्न अनुमान रहेकाे निर्वाचन अधिकृत तथा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले बताए।
उनकाअनुसार निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको छ। भने, क्याम्पसकाे सम्पूर्ण संयन्त्र परिचालन गरिएकाे छ। मतदान बिहान ठिक ८ बजेबाट सुरु भएर साँझ ४ बजेसम्म चल्नेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया