पाँच वर्षपछि अटो सञ्चालनको मान्यता

बिएल संवाददाता

सोलुखुम्बु
File photo
File photo

हिमाली जिल्ला सोलुखुम्बुमा यातयात सेवा प्रदान गर्दै आएको अटो रिक्सा (टेम्पो) सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भएको छ।

अटो रिक्सा सञ्चालनका लागि पहिलो पटक शुक्रबार यातायात कार्यालय ओखलढुङ्गामा सोलुखुम्बु अटो प्रालि दर्ता भएसँगै जिल्लामा वैधानिक रुपमै अटो रिक्सा (टेम्पो) सञ्चालनको मान्यता पाएको हो। लामो समयको प्रयासपछि कम्पनी दर्ता भएसँगै २०७४ सालदेखि जिल्लामा अवैधानिक रुपमा सञ्चालित अटो रिक्सा वैधानिक रुपमा सञ्चालन गर्ने बाटो खुलेको अटो प्रालिका अध्यक्ष मौजन थुलुङले बताए।

व्यावसायिक रुपमा अटो रिक्सा सञ्चालानका लागि कम्पनी दर्ता अनिवार्य भए पनि कानुनी झन्झटका कारण लामो समयदेखि जिल्लामा अटो कानुनी प्रक्रिया पूरा नगरी नै सञ्चालनमा थिए। आफू अध्यक्षमा चयन भएसँगै अटो रिक्सालाई एकीकृृत गरी कानुनी दायरामा ल्याउन लागिपरेको अध्यक्ष थुलुङले जनाए। लामो समयको मेहनत र प्रयासपश्चात् आफूहरुले वैधानिकता पाएको अध्यक्ष थुलुङको भनाइ छ । हाल जिल्लामा करिब ५० अटो रिक्सा सञ्चालनमा छन्।

प्रकाशित मिति: : 2023-03-18 14:16:00

प्रतिकृया दिनुहोस्