ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँमा जारी 'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत आज पाँचौ चरणको अन्तिम खेलमा तीन खेलहरु हुँदैछन्। 

च्यासल फुटबल मैदानमा फ्रेन्डस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच २:३० बजे प्रतिस्पर्धा हुँदैछ।  फ्रेन्डस क्लब ४ खेलमा ४ अंक जोडेर ११ औँ स्थानमा छ भने त्रिभुवन आर्मी फुटबल क्लब ४ खेलमा ५ अकं जोडेर आठौँ स्थानमा छ। 

त्यस्तै, सोही समयमा दशराथ रगंशालामा नेपाल पुलिस क्लब र न्यू रोड टिमबीच खेल हुँदैछ। नेपाल पुलिस क्लब ४ खेलमा शून्य अकं जोडी १४ औँ स्थानमा छ भने, न्यू रोड टिम ४ खेलमा १ अंक जोडी १२ औँ स्थानमा छ। 

यता, आजको तेस्रो खेलमा दशरथ रगंशलमा नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब बीच हुँदैछ। नेपाल एपीएफ क्लब ४ खेलमा ७ अंक जोडेर ५ औँ स्थानमा छ भने, मनाङ मर्स्याङ्दी क्लब ४ खेलमा ८ अंक जोडे तेस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2023-03-18 06:24:00

प्रतिकृया दिनुहोस्