पत्रकार बिकिरहेका छन्, थर्काउन बेर लाउँदैनन् : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले पत्रकारहरु बिकिरहेको आरोप लगाएका छन्।

शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँग कुराकानी गर्दै उनले पत्रकार बिक्रीमा रहेको बताएका हुन्। 

ठूला मिडिया हाउसहरुले प्रभावित पारेको बताउँदै थर्काएर, किनेर अनेक ढंगबाट समाज प्रभावित गरेको उनले बताए। 

‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन्’ उनले भने, ‘पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ। जे कारणले भए पनि तिनीहरु प्रभावित छन्। अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु।’ 

प्रकाशित मिति: : 2023-03-17 19:48:00

प्रतिकृया दिनुहोस्