उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित 

File Photo
File Photo

नयाँ उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार भएकाे निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन्।

सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका जसपाका यादव ३० हजार ३२८ मतसहित गणतन्त्र नेपालकाे तेस्रो उपराष्ट्रपति बनेका हुन्। उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सांसदले मत दिएका थिए।

यादवका प्रतिस्पर्धी एमालेकी शाक्यले १६९ प्रदेशसभा सांसद  र १०४ संघीय सांसदकाे मत पाएकी छन् भने जनमतकी झाले  १५ प्रदेशसभा सांसद र २३ संघीय सांसदले मत दिएका छन्।

यसैगरी उम्मेदवारी फिर्ता लिएकी जसपाकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले मत दिएका छन्।

प्रकाशित मिति: : 2023-03-17 16:32:00

प्रतिकृया दिनुहोस्