माधवकुमार ओली
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको रौनक देशभरका क्याम्पसहरुमा छाइरहेको बेला रोल्पाका दुई क्याम्पसमा पनि चुनाव लागेको छ।
सदरमुकाम लिबाङमा रहेको जलजला बहुमुखी क्याम्पस र जुँगारस्थित नवनेपाल क्याम्पसमा चुनाव हुन लागेको हो।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक रहेको जलजलामा चैत ३ र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन रहेको नवनेपालमा चैत ५ गते चुनाव हुँदैछ। जसका लागि कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरास्ववियुबीच तालमेल हुँदा माओवादी र विप्लव निकटका अखिल क्रान्तिकारी विद्यार्थी संगठनबीच गठबन्धन भएको छ।
जलजलामा नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारीबीच प्रतिष्पर्धा हुँदा नवनेपालमा अनेरास्ववियु र विप्लव निकटको अखिल क्रान्तिकारीबीच चुनावी प्रतिष्पर्धा हुँदैछ।
जलजला क्याम्पसमा नेविसंघका दिपक विष्टको नेतृत्वमा अनेरास्ववियु र अखिल छैटौंका विद्यार्थीहरुको प्यानल बनेको छ भने अखिल क्रान्तिकारीका उमेश पुनको नेतृत्वमा अर्काे अखिल क्रान्तिकारी विद्यार्थी संगठनको प्यानल चुनावी प्रतिष्पर्धामा छन्।
यस्तै नवनेपाल क्याम्पस जुँगारमा अनेरास्ववियुका एकराज डाँगी नेतृवको प्यानल र विप्लव निकटको अखिल क्रान्तिकारीका खुमराज थापा नेतृत्वको प्यानल चुनावी मैदानमा छन्।
दुबै प्यानलले आफूहरुले जीत्ने दावी गरिरहँदा परिणाम कस्को पक्षमा आउँछ त्यो भने चुनावी नतिजा देखाउने छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया