उपराष्ट्रपति निर्वाचनमा राप्रपाले कसैलाई मतदान नगर्ने 

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा कसैलाई पनि मतदान नगर्ने निर्णय गरेको छ।

बुधबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिका लागि कुनै पनि उम्मेदवारलाई भोट नहालेर तटस्थ बस्ने निर्णय गरेको हो। यसअघि फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियो।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ। उपराष्ट्रपतिका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहाय यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेका छन्।
 

प्रकाशित मिति: : 2023-03-15 17:08:00

प्रतिकृया दिनुहोस्