
प्रतिस्णा रेग्मी
आइसीसी विश्वकप लिग– २ अन्तर्गत बिहीबार घरेलु मैदानमा नेपालले युएईसँग सिरिजकाे अन्तिम प्रतिस्पर्धा गर्दैछ।
एकदिवसीय विश्वकपकाे छनाेट चरणमा पुग्नकाे लागि नेपालले साे खेल जित्नै पर्नेछ। ६ देश सम्मेलित लिग– २ काे शीर्ष तीनमा पर्न सफल देश सिधै छनाेट चरणमा पुग्ने छन्। चाैंथाे स्थानमा रहेकाे नेपालले तेस्राे स्थानमा रहेकाे नामिवियालाई पछि पारेर शीर्ष तीनमा पुग्न बिहीबार युएईलाई पराजित गर्नै पर्नेछ। त्यसैले नेपालकाे लागि युएईसँगकाे खेल फाइनल सरह मानिएकाे छ। यस्ताे अवस्थामा वर्षाका कारण यदि भाेलिकाे खेल राेकिएमा के हुन्छ ?
सबैकाे जिज्ञासाकाे विषय बनेकाे छ। जारी लिगमा स्कटल्याण्ट ५० अंकसहित शीर्षस्थानमा छ भने ४४ अंकसहित ओमन दाेस्राे स्थानमा छ। त्यस्तै ३९ अंकसहित नामिविया तेस्राे स्थानमा छ। नेपाल ३८ अंकसहित चाैंथाे स्थानमा छ। अब नेपालकाे एक खेल बाँकी छ। त्यसैले नेपालले बिहीबार युएईलाई पराजित गरे ४० अंकसहित शीर्ष तीनमा परेर सिधै विश्वकप छनाैट चरणमा पुग्नेछ।
हारे विश्वकप छनाेटकाे बाटाे यही बन्द हुनेछ। तर, वर्षाकाे कारण खेल राेकिएमा नेपाल र युएईले १–१ अंक बाँड्ने छन। यस्ताे अवस्थामा अब नेपाल र नामिवियाकाे अंक समान ३९–३९ हुने छ। अंक समान भएपछि विश्वकप छनोटका लागि रन रेट हेरिन्छ। लिग– २ भरिको खेलमा नामिबियाको रन रेट ०.२९८ रहेको छ। भने, नेपालको जम्मा ०.०९५ रन रेट रहेको छ। आइसीसीले सोही कुरालाई आधार मानेर छनाेट गर्नेछ र नामिविया स्वत: शीर्ष तीनमा रहँदै विश्वकप छनाैट चरणमा जानेछ। नेपालकाे भने विश्वकप छनाेट खेल्ने सपना अधुरै रहनेछ।
जारी सिरिजमा नामिवियाले ३६ खेलमध्ये १९ मा जित र १६ मा हार व्यहाेरेकाे छ। भने, नेपालले ५३ खेलमध्ये १८ मा जित र १५ मा हार व्यहाेरेकाे छ। अब नेपालकाे १ खेल बाँकी छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया