राष्ट्रपति पौडेलले लिए शपथ

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन्। 

उनले सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा देशको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन्।

पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए। फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पौडेलले नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए।
 

प्रकाशित मिति: : 2023-03-13 13:30:00

प्रतिकृया दिनुहोस्